Like us!
Follow us!
Connect us!
Watch us!

साञ्जेन जलविद्युतले डाक्याे साधारण सभा, शेयरधनीलाई छैन लाभांश

अर्थ संसार

आइतबार, १९ मंसिर २०७८, १३ : १२ मा प्रकाशित

साञ्जेन जलविद्युतले डाक्याे साधारण सभा, शेयरधनीलाई छैन लाभांश

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे हिजाे (मंसिर १८ गते, शनिबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ११औँ वार्षिक साधारण सभा पाैष १३ गते, मंगलबार, स्मार्ट क्याफे, धुम्बाराही, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदनको प्रस्तुत गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ अषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७७/७८ को नाफा/नोक्सान हिसाव , नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को हिसाव किताव लेखापरिक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ । 

त्यसैगरी, साधारण सभा प्रयाेजनका लागि कम्पनीले पाैष ५ गतेदेखि पाैष १३ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61ac6bfe5e720.jpg 61ac6c0377a93.jpg 61ac6c092eb30.jpg 61ac6c1def88e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको