Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार अलटाइम हाई रेकर्ड ब्रेकको बाटोमा

अर्थ संसार

विहीबार, १९ चैत्र २०७७, १५ : ३१ मा प्रकाशित

सेयर बजार अलटाइम हाई रेकर्ड ब्रेकको बाटोमा

साताको अन्तिम दिन आज (बिहिबार) पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजार दोहोरो अंकले बढेको हो ।  

आज कारोबार भएका कूल कम्पनीहरुमध्ये एक कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ भने बाँकी ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सान्जेन जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । नेप्सेका अनुसार आजकम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । 

केहि समय निरन्तर गिरावट आएको सेयर बजारमा फेरी रौनकटा देखिन थालेको हो । यसअघि २६४० को बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको बजार बाउन्स ब्याक भएर २३७९ बिन्दुमा झरेको थियो । चैत २ गते नेप्से परिसूचक २३७९ को बिन्दुमा पुगेको थियो । नेप्से परिसूचकमा गिरावट आएसँगै कारोबार रकममा पनि भारी गिरावट आएको थियो । कारोबार रकम पनि ३ अर्बमा सिमित भएको थियो  । 

पछिल्लो समय बजार पुन: लयमा फर्किएको छ । लगानीकर्ताहरु आफ्नो मनोबल उच्च बनाउन थालेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक  १२.८८ अंकले बढेर २६३१.८९ मा पुगेकाे छ । नेप्से ०.४९ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.८३ अंकले बढेर ४६६.४२ मा पुगेको छ । 

आज कूल २ सय १८ कम्पनीको सेयर कारोबार भएको छ । कूल २ सय १८ कम्पनीको १ करोड ४२ लाख ६८ हजार ६६ सय ५९२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब  १८ करोड ४२ लाख ६६ हजार १२५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । यो कारोबार रकम एक महिना यताकै धेरै हो । 

यसअघि बजारले १० अर्बभन्दा बढी कारोबार गरी नयाँ रेकर्ड राखेको थियो । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ९ वटा मात्र उपसमूहको सेयर बढेको छ, भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ । आज होटल र पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको सेयर घटेको हो ।

स्टकका अनुसार आज अप्पर तामाकोशी हाइड्रोपावरको सर्वाधिक सेयर काराेबार भएकाे छ ।  त्यसैगरी, हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, नेपाल टेलिकम रसुवागढी हाइड्रोपावर एनईशी एशिया बैंक नेपाल बंगलादेश बैंक, नबिल बैंक र कुमारी बैंक लिमिटेड आज सर्वाधिक कारोबार गर्ने १० कम्पनीमा परेका छन् ।

सेयर बजारले अब छिटो नै अलटाइम हाई रेकर्ड ब्रेक गर्ने सेयर विश्लेषकहरु बताउँछन् । यस्तो अवस्थामा लगानीकर्तालाई सेयर कारोबार गर्दा कम्पनीको गहिरो अध्ययन गरेर गर्न विश्लेषकहरु अनुरोध गरका छन् । 

आजको सेयर तालिका हेर्नुहोस्:-

60659736db46d.JPG 6065973a2f67b.JPG 6065973d56427.JPG 6065974449a28.JPG 606597446c010.JPG 60659744789e4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको