Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंककाबीच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न

अर्थ संसार

शुक्रबार, २० चैत्र २०७७, १६ : ५६ मा प्रकाशित

नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंककाबीच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न

नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंकबीच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ । आज गते भएको एक कार्यक्रमबीच उक्त सम्झौता सम्पन्न भएको हो । 

कार्यक्रममा आफ्ना मन्तव्य राख्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाईदाहरुबारे जानकारी गराउदै औषधी व्यवसायीहरुलाई क्यूआर कोडको वितरण पनि गरे ।

शुक्रबार लुम्विनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोहबीच प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरे ।

 उक्त कार्यक्रमा बोल्दै नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायीबीच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रबद्र्घनमा उल्लेख्य टेवा पुग्ने कुरा बताए । प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल रानाले बैंकका विभिन्न सेवा सुविधाहरुको बारेमा प्रष्ट पारे। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको