नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ६ वटा कम्पनीकाे सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार यस साता ६ कम्पनीको ५८ लाख ६६ हजार भन्दा बढी सेयर थपिएको हो । यस साता आरएसडिसी लघुवित्त, एनएमबि लघुवित्त, पोखरा फाइनान्स, सहारा विकास बैंक, एनआईसी एशिया लघुवित्त र विजय लघुवित्तको सेयर नेप्सेमा सूचिकृत भएको हो ।
यस साता नेप्सेमा सूचिकृत भएकाे सेयर विवरण यस प्रकारकाे छ :
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ प्रतिशत बोनस बापतको ६ लाख ४ हजार ३ सय ७० दशमलव ४५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको ८ लाख ६१ हजार ८ सय ७३ दशमलव २५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।
त्यस्तै, पोखरा फाइनान्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस बापतको ४ लाख ५८ हजार ६ सय ४० दशमलव ८६ कित्ता सेयर पनि नेप्सेमा सूचिकृत भएको छ ।
सहारा विकास बैंक लिमिटेडको ९ लाख २१ हजार एक सय ४८ दशमलव ७० कित्ता हकप्रद सेयर यसै साता नेप्सेमा सूचिकृत भएको छ ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएको प्रति सेयर अंकित एक सय रूपैयाँ दरको २५ लाख ९४ हजार ४ सय कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।
त्यसैगरी, विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको ४ लाख २५ हजार ६ सय ५९ दशमलव ८५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस