Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशिया बैंकद्वारा भानुचोकको सब्जीमण्डीमा QR कोड वितरण

अर्थ संसार

आइतबार, २२ चैत्र २०७७, १० : ३२ मा प्रकाशित

एन आई सी एशिया बैंकद्वारा भानुचोकको सब्जीमण्डीमा QR कोड वितरण

डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अवलम्बन गर्दै आफ्ना ग्राहकहरुलाई सहज तरिकाले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेका एन आई सी एशिया बैंकले धरान उपनगरपालिकामा अवस्थित भानु चोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा QR कोड वितरण गरेको छ । 

उक्त QR कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश नं १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राईू, धरान संयुक्त बजार एकता संघका अध्यक्ष राम कुमार दास र बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारीले एक कार्यक्रमका बीच संयुक्त रुपमा गरेकाछन् । 

बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank), फोन–पे प्रणालीमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप÷वालेट मार्फत बैंकले उपलब्ध गराएको QR कोडमा स्क्यान गरी रकम बिक्रेतालाई भुक्तानी गर्न सक्नेछन् र सो रकम सम्बन्धित बिक्रेताको यस बैंकमा रहेको खातामा जम्मा हुने व्यवस्था गरिएको छ । बैंकले निकट भविष्यमा सो क्षेत्रका यातायात, खाद्य स्टोर लगायत अन्य व्यवसायीक क्षेत्रहरूलाई समेत QR भुक्तानी प्रणालीमा समावेश गर्दै लैजाने लक्ष्य लिई डिजिटल कारोबारलाई दु्रत गतिमा अगाडी लैजानका लागि आवश्यक योजना अगाडी सारेको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै मोबाइल बैंकिङ्ग तथा त्तच् कोडबाट भुक्तानी गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकमा नगदरहित अर्थतन्त्रको निर्माण गर्न सहयोग पु¥याउन यस योजनालाई बैंकले अगाडी बढाएको हो ।  बैंकले हालसम्म देशभर ४१ हजार भन्दा बढी QR मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ र यस प्रणालीमा आबद्ध हुन चाहनुहुने नयाँ व्यापारी महानुभावहरूका लागि बैंकले ९८२८७११११५ नम्बरमा सम्पर्क गरी तथा बैंकको वेबसाइटमार्फत अनलाईन आवेदन दिन सकिने समेत व्यवस्था गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको