Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले साढे ९ लाख ६५ कित्ता सेयर बिक्री गर्दै

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, १० : ३५ मा प्रकाशित

एनआईसी एशिया बैंकले साढे ९ लाख ६५ कित्ता सेयर बिक्री गर्दै

एनआईसी एशिया बैंक लिमिटेडले ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले नेपाल इन्फास्ट्रक्चर बैंकको ९ लाख ६५ हजार कित्ता, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५, सूर्यज्योति लाइफ इन्योरेन्सको ५२ हजार ३४९ कित्ता सेयर गरी कुल ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले आज साउन २२ गतेदेखि २९ गतेभित्र आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली – ११, काठमाण्डौ, एन आई सी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयः ट्रेड टावर नेपाल, थापाथली, काठमाण्डौ शाखा कार्यालयहरुः क्रमश (१) विराटनगर–३, मोरङ्ग (२) आदर्शनगर, वीरगंज (३) महेन्द्रपुल, पोखरा (४) श्रवणपथ, बुटवल (५) हस्पिटल लाइन, धनगढी र (६) विरेन्द्रनगर, सुर्खेतबाट आवेदन दिन सक्ने छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको