Like us!
Follow us!
Connect us!
Watch us!

पाँच कम्पनीको साढे १४ लाख बढी कित्ता सेयर बिक्री गर्दै एनआईसी एसिया बैंक,कुनको मूल्य कति ?

अर्थ संसार

आइतबार, ०३ चैत्र २०८१, १० : ४९ मा प्रकाशित

पाँच कम्पनीको साढे १४ लाख बढी कित्ता सेयर बिक्री गर्दै एनआईसी एसिया बैंक,कुनको मूल्य कति ?

एनआईसी एसिया बैंकले ५ वटा कम्पनीको साढे १४ लाख बढी कित्ता सेयर आज चैत ३ गतेबाट बिक्रीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको ५ कम्पनीको १४ लाख ४६ हजार ८८४ कित्ता सेयर बिक्रीमा राखेको हो।

जसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता, जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेको छ।

यी कम्पनीको लिलामी सेयरमा योग्य लगानीकर्ताले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा आफूले लिन चाहेको सेयर संख्या खुलाउनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखाहरु काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति चैत १० गतेसम्म रहेको छ।

न्यूनतम मूल्य कुनको कति ? 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता निफ्राको १०५ रुपैयाँ, जीवन विकास लघुवित्तको ५४० रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको २६९ रुपैयाँ, सूर्यज्योति लाइफको १५९ रुपैयाँ र नागरिक लगानी कोषको ६९६ रुपैयाा तोकिएको छ।

लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको