Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

अर्थ संसार

आइतबार, १६ भदौ २०८१, ०९ : ०९ मा प्रकाशित

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकले लिलाम विक्री गर्ने सम्पत्ति सम्बन्धी सम्पूर्ण सूचना एउटै ठाउँमा दिनेगरी अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

बैंकले बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री गर्ने सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको हो।

अनलाइन पोर्टलमा ग्राहकको सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल  https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिको कित्ता नम्बर तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन)  पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिने जनाइएको छ।

ग्राहकले लिलाम विक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको