Like us!
Follow us!
Connect us!
Watch us!

७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

अर्थ संसार

आइतबार, २२ चैत्र २०७७, १३ : १७ मा प्रकाशित

७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

साताको पहिलो दिनआज (आइतबार) सेयर बजारमा रौनकता छाएको छ । प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २६.४१ अंकले बढेर २६५८.३० विन्दुमा पुगी नेप्से अलटाइम हाइको बिन्दुमा पुगेको छ । 

यो समाचार तयार पार्दासम्म ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । वोमी लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ५ सय ८ रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, जनरल आईएमई इन्स्योरेन्सको पनि सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । 

त्यस्तै, एनआइसी एसिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, सान्जेन जलविद्युत, जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर पनि  सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

60696d4f7150d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको