Like us!
Follow us!
Connect us!
Watch us!

बीमा कम्पनी चम्किँदा नेप्से हालसम्मकै उच्च बिन्दुमा, ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

अर्थ संसार

आइतबार, २२ चैत्र २०७७, १५ : ३८ मा प्रकाशित

बीमा कम्पनी चम्किँदा नेप्से हालसम्मकै उच्च बिन्दुमा, ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

आजको पहिलो दिन आज (आइतबार) सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार नेप्से परिसूचक अलटाइम हाइ बिन्दुमा पुगेको हो ।  नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । 

त्यस्तै, आज कारोबार भएका कूल कम्पनीहरुमध्ये ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २५.७१ अंकले बढेर २६५७.६१ बिन्दुमा पुगेकाे छ । बजार बन्द हुँदाको नेप्से परिसूचकको यो बिन्दु हालसम्मकै उच्च हो  । यसअघि फागुन ९ गते २६४०.३१ अंकले बढेर सेयर बजारले नयाँ रेकर्ड राखेको हो ।  इन्ट्रा डे कारोबारमा भने नेप्से परिसूचक २६५८.३० को बिन्दुमा पुगेको थियो। 

यता  सेन्सेटिभ परिसूचक पनि ४.३३ अंकले बढेर ४७०.७५ को बिन्दुमा पुगेर रोकिएको छ । आज कूल २ सय १२ कम्पनीको सेयर कारोबार भएको छ । कूल २ सय १२ कम्पनीको १ करोड ७२ लाख  ३५ हजार ३५५ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब  ७३ करोड ३८ लाख ४३ हजार ४०६ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । यो कारोबार रकम एक महिना यताकै धेरै हो । 

आज अघिकांश सूचकमा चमक देखिएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ८ वटा मात्र उपसमूहको सेयर बढेको छ, भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेकाे छ । आज व्यापार, होटल र पर्यटन, म्यानुफ्याक्चारीङ्ग र प्रोसेसिङ्ग, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको सेयर घटेको छ । भने बाँकी सबै उपसमूहको सेयर बढेको हो ।

आज सर्वाधिक कारोबार गर्ने कम्पनीहरुमा अधिकांश इन्स्योरेन्स कम्पनी परेका छन् । स्टकका अनुसार आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सर्वाधिक सेयर काराेबार भएकाे छ ।  बैंकले ४६ करोड १९ लाख ८२ हजार बराबरको कारोबार गर्न सफल भएको छ ।  कम्पनीको सेयर प्रतिकित्ता ५८१ रुपैयाँमा कारोबार भएको छ  । 

त्यसैगरी, अप्पर तामाकोशी हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, प्रोड़ेन्सियल इन्स्योरेन्स, नेपाल बैंक लिमिटेड, एनआइजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स  आज सर्वाधिक कारोबार गर्ने १० कम्पनीमा परेका छन् ।

त्यस्तै, सर्वाधिक नाफा कमाउने कम्पनीमा वोमी लघुवित्त, जनरल आईएमई इन्स्योरेन्स, राधी हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स, एनआइसी एसिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, सान्जेन जलविद्युत, लुम्बिनी जनरल इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र पोखरा फाइनान्सका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

आज सर्वाधिक गुमाउने कम्पनीमा साल्ट ट्रेडिङ कर्पोरेसन रहेको छ । आज कम्पनीको सेयर मूल्य ६ सय १७ रुपैयाँले घटेर १२ हजार ७ सय रुपैयाँमा अन्तिम कारोबार भएको हो । 

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, हाइड्रोईलेक्ट्रीसिटि इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स लिमिटेड, रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, एनआइसी एशिया ब्यालेन्स फण्ड, नारायणी डेभलपमेण्ड बैंक लिमिटेड, नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा), ग्रीन डेभलपमेण्ट बैंक लिमिटेड रहेका छन् । 

आजको सेयर तालिका हेर्नुहोस्:-
 

60698de12960f.JPG 60698de61300f.JPG 60698dea1e3e9.JPG 60698ded2483f.JPG 60698defc7336.JPG 60698df5baa15.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको