Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुमा आक्रामक निक्षेप संकलनः एक सातामै थपियो ४० अर्ब

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, १० : ३४ मा प्रकाशित

वाणिज्य बैंकहरुमा आक्रामक निक्षेप संकलनः एक सातामै थपियो ४० अर्ब

आर्थिक बर्ष सकिनै लाग्दा सरकारी खर्च बढ्न थालेपछी बैंक तथा वित्तीय संस्थाहरुमा पनि निक्षेपको रकम बढ्न थालेको छ । सरकारले चैत महिनामा दैनिक सरदर ३.५ अर्ब खर्च गरिरहेको छ ।

अझै आर्थिक मसान्त नजिकिदै जाँदा सरकारले विकास खर्च बढाउदा निक्षेप बढ्न जान्छ जसका कारण बजारमा अझै अधिक तरलता बढ्ने देखिन्छ । अन्य त्रैमासको तुलनामा चौथो त्रैमासमा सरकारी खर्च अधिक हुने गर्दछ ।

चैतको तेस्रो सातामा ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह हुँदा ४० अर्ब रुपैयाँ निक्षेप संकलन भएको नेपाल बैंकर्स संघ चैतको तेस्रो हप्ताको तथ्याङ्कले देखाएको छ ।

चैतको पहिलो साता १४ अर्ब , दोस्रो साता १० अर्ब र तेस्रो साता ४० अर्ब गरी यो महिनाको तीन सातामा ६४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ८९ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

फागुन महिनामा वाणिज्य बैकहरुको यस्तो कर्जा लगानी ८८ अर्ब रहेको थियो भने निक्षेप संकलन ३९ अर्ब मात्रै रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको