आज (सोमबार) सेयर बजार झिनो अंकले वृद्धि भएको छ । विगत केहि दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजारमा आज पनि झिनो अंकले बढेको हो ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार आज सेयर मापक नेप्से परिसूचक १.१३ अंकले बढेर २६५८.७४ अंकको बिन्दुमा पुगेर रोकिएको हो । बजार बन्द हुँदाको नेप्से परिसूचकको यो बिन्दु हालसम्मकै उच्च हो ।
इन्ट्रा डे कारोबारमा नेप्से परिसूचक २१.७७ अंकले बढेर २६७९.३८ विन्दुमा पुगेको थियो । कारोबार सुरु भएको केहि क्षणमै नेप्सेले यसअघिको सबै रेकर्ड तोडेर २६८१.३८ को बिन्दुमा पुगेको थियो । त्यसपछि निरन्तर डाउन भएर २६४० को बिन्दुमा पुगेको बजारले फेरी उकालो यात्रा तय गरेको थियो । अपडाउन हुँदै बजार अन्तत: सामान्य अंकले बढेको हो ।
त्यस्तै नेप्से परिसूचक १.०९ अंकले बढेको छ । आइतबारको तुलनामा आज कारोबार रकममा भने गिरावट आएको छ । आज कुल २१२ कम्पनीको सेयर कारोबार भएको छ । कुल २१२ कम्पनीको एक करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार ८ अर्ब ७३ करोड ३८ लाख ४३ हजार ४०६ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यस्तै, आज कारोबार भएका कूल कम्पनीहरुमध्ये ४ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ७ वटा मात्र उपसमूहको सेयर बढेको छ, भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेकाे छ । आज बैकिंग, डेभलपमेन्ट बैंक, निर्जीवन बीमा, फाइनान्स, जीवन बीमा र लगानी समूहको सेयर घटेको छ । भने अन्य उपसमूहको सेयर बढेको हो ।
सर्वाधिक कारोबार गर्ने १० कम्पनी
स्टकका अनुसार आज अप्पर तामाकोशी हाइड्रोपावरको सर्वाधिक सेयर काराेबार भएकाे छ । कम्पनीले ३४ करोड ७५ लाख ६८ हजार बराबरको कारोबार गर्न सफल भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९०८ रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, आईएमई जनरल इस्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमालयन जनरल इन्स्योरेन्स, नेपाल टेलिकम,नबिल बैंक, चन्द्रागिरी हिल्स लिमिटेड, एनआईसी एशिया बैंक, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर आज सर्वाधिक कारोबार गर्ने १० कम्पनीमा परेका छन् ।

सर्वाधिक नाफा कमाउने १० कम्पनी
त्यस्तै, सर्वाधिक नाफा कमाउने कम्पनीमा एनआईसी एशिया लघुवित्त, राधी हाइड्रोपावर, वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, चन्द्रागिरी हिल्स लिमिटेड, अप्पर तामाकोशी हाइड्रोपावर, सान्जेन जलविद्युत, पाँचथर पावर र मल्टीपर्पस फाइनान्सका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

सर्वाधिक गुमाउने १० कम्पनी
झिनो अंकले बढेको बजारमा आज गोर्खाज फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयरमूल्य २१ रुपैयाँले घटेर ४ सय ८९ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: श्री इन्भेष्टमेण्ट फाइनान्स कम्पनी लिमिटेड, स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड, सर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

आजको सेयर तालिका हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस