Like us!
Follow us!
Connect us!
Watch us!

क्यान्सर उपचारमा नर्भिकको फोकस, नेपालकै ठूलो ट्यूमर बोर्ड गठन

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, १७ : २६ मा प्रकाशित

क्यान्सर उपचारमा नर्भिकको फोकस, नेपालकै ठूलो ट्यूमर बोर्ड गठन

विभिन्न खालका क्यान्सरको सबैखाले उपचार विधि र पद्धति विकासमा लागिपरेको नर्भिक इन्टरनेशनल हस्पिटलमा संभवत नेपालकै ठूलो ट्यूमर बोर्ड गठन भएको छ । 

क्यान्सरबाट प्रभावित बिरामीहरुको उपचारमा संभावित सबै विकल्पहरु खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा ट्यूमर बोर्ड गठन भएको हो । क्यान्सरका बिरामीलाई संभावित उत्तम उपचार विधिमा समावेश गर्ने हेतूले गठित ट्यूमर बोर्डमा हाल २३ जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ । बोर्डको आकार बढाउँदै लगिने अस्पतालले जनाएको छ । यस्तो अभ्यास यूरोप÷अमेरिकाका स्तरीय अस्पतालहरुमा समेत हुने गर्छ । 

बोर्डमा नर्भिकका अन्कोलोजिस्ट, प्याथोलोजिस्ट, ग्यास्ट्रोलोजिस्ट, गाइनेकोलोजिस्ट, जनरल तथा जीआई सर्जन, पेड्राटिसियन, न्यूरोलोजिस्ट लगायतका विशेषज्ञ चिकिसत्कहरुको सहभागिता छ । यस्तो टिममा अस्पतालको प्रशासन, व्यवस्थापनबाट समेत प्रतिनिधित्व हुने गर्छ । 

कुनै फरक खालको क्यान्सरको बिरामीको समस्या तथा त्यसको सही उपचार विधिको पहिचानका लागि समेत यस्ता खाले बोर्डमा छलफल हुने गर्दछ । बोर्डमा सहभागी विभिन्न विशेषज्ञ डाक्टरहरुको राय भिन्न भिन्न आउने भएकोले यस्तो समस्याको उपचारमा सबैभन्दा उत्तम विधिमा जान सकिने चिकित्सकहरु बताउँछन् । 

नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाका अनुसार बोर्डमा सहभागी विशेषज्ञहरुले कुनै बिरामीको सही उपचार योजनाको विषयमा साप्ताहिक रुपमा छलफल गर्ने गर्दछन् । कुनै एक विशेषज्ञले हेरिरहेको केसलाई सामूहिक रुपमा हेर्ने गरिन्छ र उपचार विधिलाई अझ गुणस्तरीय बनाउने कोशिश गरिन्छ । बोर्डमा कुनै बिरामी, उसको समस्या, भइरहेको उपचार विधि, उसका विभिन्न मेडिकल रिपोर्टहरुको विषयमा समेत छलफल हुने डा. झा बताउँछन् । 

सो क्रममा कुनै पनि क्यान्सरका बिरामीमा पहिचान भएको ट्यूमरको ग्रेडिङको विषयमा छलफल गरिन्छ । सोसँगै उपयुक्त उपचार विधिको विषयमा समेत बोर्डले निर्णय लिने गर्छ । ‘विश्वमा हरेक दिन ट्यूमर तथा क्यान्सरको उपचारको विषयमा रिसर्चहरु भइरहेका हुन्छन् । विभिन्न इन्भेष्टिगेसनबाट फरक फरक रिजल्टहरु पनि आइरहेका हुन्छन् ।’ डा. झाले भने–‘उपचारका विधिहरु पनि नयाँ नयाँ आइरहेका हुन्छन् । अन्य देशमा अभ्यासमा ल्याइने आधुनिक विधिहरुलाई कसरी भित्र्याउने, वा त्यस्तै ढंगले कसरी यहाँ उपचार गर्न सकिन्छ भन्ने जस्ता विषय पनि बोर्डमा छलफल हुन्छ ।’ 

क्यान्सरको उपचारमा विशेष गरी मेडिकल अन्कोलोजिष्ट/औषधिको मद्धतबाट क्यान्सरका बिरामीको उपचार गर्ने व्यक्ति), सर्जिकल अन्कोलोजिष्ट(सर्जरीबाट क्यान्सरको उपचार गर्ने चिकित्सक) र रेडिएसन अन्कोलोजिस्ट(रेडिएसनको मद्धतले क्यान्सरको उपचार गर्ने चिकित्सक) को मुख्य भूमिका हुन्छ । बोर्डमा पनि यस्ता विज्ञको सहभागिता गराउने चलन छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको