Like us!
Follow us!
Connect us!
Watch us!

वायु प्रदुषण कसरी कम गर्ने ? यस्तो छ बिज्ञ रबिन्द्र समिरको सुझाव

अर्थ संसार

मंगलबार, २४ चैत्र २०७७, ०८ : २३ मा प्रकाशित

वायु प्रदुषण कसरी कम गर्ने ? यस्तो छ बिज्ञ रबिन्द्र समिरको सुझाव

नेपालमा वायु प्रदुषण दिन प्रतिदिन बढिरहेको छ यो अबस्थामा मा कसरी बच्ने र यो प्रदुषणलाई कसरी कम गर्न सकिन्छ भन्ने बिषयमा अहिले सरकार त्यति गम्भीर बनेको देखिदैन ।

कतिपय मानिसहरुमा यो प्रदुषणले कस्तो प्रभाब पार्छ भन्ने सामान्य ज्ञानको पनि अभाव देखिन्छ । यो प्रदुषणले कस्तो प्रभाव पार्छ र यसलाइ कसरी हटाउन सकिन्छ भन्नेबारेमा जनस्वास्थ्य बिज्ञ रबिन्द्र समिरले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत यस्तो सुझाव दियका छ्न ।

डा. समिरले सामाजिक संजाल मार्फत व्यक्त गरेको बिचार जस्ताको तेस्तै: 

यो प्रदुषण  छिट्टै हट्ने संकेत देखिएको छैन | कति राजनीतिका कुरा मात्र गर्ने ? प्रदुषण बिकराल भएको अवस्थामा अल्पकालीन रणनीतिमा सक्रिय तथा सधै दीर्घकालीन रणनीतिमा क्रियाशील हुनुको बिकल्प छैन | प्रदुषण खतरनाक मन्द बिष हो | हाम्रा बालबालिका, जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई प्रदुषणले दिन प्रतिदिन अस्वस्थ बनाइरहेको छ |
.
अहिलेको प्रदुषण हटाउनको लागि यी थोरै काम तत्काल गर्न सम्भव छ |
- जोर / बिजोर सवारीसाधन संचालन 
- वर्क फ्रम होम 
- हप्तामा २ दिन बिदा 
- महिनाको एकपटक ‘ भेहिकल होली डे ‘ को ब्यबस्था 
- अनलाइन प्रणालीको भरपुर उपयोग 
- पोलिथिन प्रयोगमा निषेध 
- फोहोरलगायत अन्य बस्तु जलाउन निषेध 
- आगालागी गर्नेलाई कडा कारबाही 
- ट्राफिक प्रहरी सक्रिय भएर शंकास्पद हरेक सवारी साधानको सडकमै प्रदुषण जांच अनि प्रदुषणमा फेल भएका सवारीसाधनमा जरिवाना 
- इट्टाभट्टा लगायत प्रदुषण बढाउने कारखाना स्थानान्तरण 
- अभियानको रुपमा सरसफाई र वृक्षारोपण 
.
यो खालको प्रदुषणले 

- मुटु र फोक्सोलाई बिरामी बनाउँछ |
- मुटु र फोक्सोलाई धपेडी गराउँछ |
- स्वाश्प्रश्वास प्रणालीका कोष नष्ट गर्छ |
- दम, ब्रोंकाइटिस तथा क्यान्सर गराउँछ |
- मुटु, फोक्सो तथा मष्तिस्कजन्य दीर्घरोगले मृत्यु गराउँछ |
- फोक्सोको क्यान्सर हुन्छ |
- फोक्सो ड्यामेज गराउँछ |
- मानसिक समस्या निम्त्याउँछ |
- गर्भवती, सुत्केरी तथा शिशुलाई निकै असर गर्छ |
- आयु घटाउँछ | आदि !!
.....
सकभर घरभित्र बसौं |  बाहिर जाँदा चस्मा, मास्क, लाम्बाहुले कपडा, सनस्क्रिन लोसन तथा स्यानिटाइजरको प्रयोग गरौ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको