Like us!
Follow us!
Connect us!
Watch us!

रियलमी सी १५ को फोनको मूल्य सस्तियो

अर्थ संसार

मंगलबार, २४ चैत्र २०७७, १७ : ०७ मा प्रकाशित

रियलमी सी १५ को फोनको मूल्य सस्तियो

रियलमीको सी १५ फोनमा अल्ट्रा–लंग ब्याट्री लाइफ र फास्ट चार्जिङका विशेषता रहेका छन् । पहिलोपटक १८ वाटमा पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्रीको एकीकृत प्रयोग गरिएको रियलमीसी १५ अब नेपाली बजारमा मात्र रु १८ हजार ५९० मा उपलब्ध छ । यसबाहेक रियलमी सी–१५ माजियोमेट्रिक ग्रेडियन्ट डिजाइन, ८ कोरको प्रोसेसर, ६.५ इन्चको एलसीडी फुलस्क्रिनका साथवाडीर स्क्रिनको उच्च अनुपात रहेको तथा यसमा अल्ट्रावाइड क्वाड (४ वटा लेन्स भएको) क्यामेराको विशेषता रहेको छ, जसले रियलमीको ‘चुनौतीदेखि उन्नति’सम्मको नारालाई युवापिढी माझ थप सशक्त र स्मृति योग्य बनाउनुका साथै स्मार्ट फोनको क्षेत्रमा नयाँ ट्रेन्ड सेटिङ उपस्थिति जनाएको छ ।

६ हजार एमएएच रहेको अल्ट्रा–लंग मेगा ब्याट्री
स्मार्टफोनको प्रयोगको अनुभवलाई शानदार बनाउन ब्याट्री कति टिक्छ भन्ने महत्वपूर्ण हुने भएकोमा रियलमीयसलाई व्यवस्थित उत्कृष्ट बनाउन निरन्तर सक्रियताका साथ लागि परेको छ । यसै कारण कम्पनीले आफ्नो रियलमीसि–१५ को मोबाइल फोनमा ६ हजार एमएएच मेगा ब्याट्री र १८ वाट तीव्र चार्जिङ विशेषता राखेको छ, जसले एकपटकको चार्जमा ४४ घण्टासम्म निरन्तर फोनकल र २६.८ घण्टा निरन्तर युट्युब हेर्न सकिन्छ र ४८ दिनसम्मकालागिफोन स्ट्यान्डबाइ रहन सक्छ । 

रियलमी सी–१५ मा सुपर पावर सेभिङ मोड समेत रहेको छ जसले ६वटासाझाएपको प्रयोगमार्फत तपाईँको फोनको आधारभूत कार्य क्षमता यथावत राख्न मद्दत गर्दछ । सुपर पावर सेभिङ मोडमा फोन सामान्य अवस्थाको ५ प्रतिशत मात्र ब्याट्री खपत गरेर निरन्तर २.५ दिनअथवा २.४८ घण्टासम्म फोनकलगर्न सकिने सुविधा रहेको छ । 

यसैगरी रियलमी सी–१५ माक्विकफ्रिजएपको पनिविशेषताथपिएको छ जसले ब्याग्राउन्ड एपको ब्याट्री प्रयोग घटाउने, स्क्रिन ब्याट्री अप्टीमाइजेशनले डिस्प्लेका इफेक्ट कम गरी फोनको स्थिरता कायमगर्ने र स्लीपस्ट्यान्डबाइ अप्टीमाइजेशनले न्यूनमोडमापनिफोन चलाउन सकिने जस्ता विशेषताहरु रहेका छन् जसले गुणस्तरीय ब्याट्रीको प्रत्यानुभूतिग्राहकवर्गलाई प्रदानगर्दछ ।

प्रविधिमा ठूला ब्याट्रीको प्रयोग गर्दा सुरक्षालाई पनित्यति नै ध्यानदिन जरुरी हुन्छ । रियलमी सी–१५ मा केबल हार्ड—कोर फायरप्रुफ मेटेरियलले बनेकोब्याक कभर मात्रै छैन, यसमापावर अनुगमन सेन्सर तथातापअनुगमन सेन्सर पनि रहेको छ जसले स्मार्टफोनको थर्मल अवस्थालाई स्वचालित रुपमामूल्यांकन गरेर निगरानीगर्ने काम गर्छ ताकिप्रयोगकर्ताहरुमा दैनिकप्रयोजनमाप्रयोग हुने मोबाइलको ब्याट्री विस्फोट हुने वाअन्य दुर्घटना हुनसक्ने त्रास यसमा रहन्न । ओटीजी डेटा केबल उपयोगको माध्यमद्वारा रियलमी सी १५ ले मोबाइलफोन र अन्य केहीएआइओटी उत्पादनचार्ज गर्न सक्ने सामथ्र्य पनि राख्दछ । किनभने यसमा मेगा ब्याट्रीको प्रयोग गरिएको छ । रियलमीमाभएको १८ वाट तिब्रचार्जले ३० मिनेटमा १५ सय एमएएचपी ब्याट्रीमा २५ प्रतिशत चार्ज गर्न सकिन्छ । 

दैनिक प्रयोजनमा गुणस्तरीय 
विशेषगरी रियलमीले युवापिढीलाई लक्षित गरी रियलमी सी–१५ निर्माण गरेकोले यसमावास्तविकउत्कृष्ट बनावट र‘पावर व्लु’(नीलो)तथॉपावर सिल्भर’(चाँदी) गरी २ भिन्न रङमायसलाई प्रस्तुत गरेको छ । यि रङहरु अनन्तनिलो समुद्र र उडिरहेका समुद्री चराहरुबाट प्रभावितभएको कम्पनीको भनाइछ । 

यो फोनमा छिटा प्रतिरोध गर्ने प्रविधि रहेको छ । दैनिकप्रयोग गर्दा फोहोरबाट हुने समस्याबाट बचाउन डस्ट प्रुफ डिजाइन गरिएको छ ।  यस फोनमा दैनिक प्रयोजनमा प्रयोग हुने एयरफोन, युएसबीहरु लाग्ने पोर्टहरुमा सिलिकोनले बन्द गरिएको छ ।स्क्रिनमाथी रहेको स्पीकरलाई धुलो प्रतिरोध बनाइएको छ जसले गर्दा फोन कलको गुणस्तर कायम रहन्छ । फोनलाई चौतर्फी  अझै मजबुत बनाइएको छ ताकी स्क्रिन चर्किने समस्याकम रहोस् ।कम्पनीले निर्माणपछि बजारमा पठाउनुअघि हरेक रियलमी फोनलाई दह्रो जाँच र परीक्षण गरी उत्कृष्ट गुणस्तर प्रमाणितगर्ने गरेको छ ।

६.५ इन्चकोमिनी ड्रप डिजाइनसहित एआई क्वाड क्यामेरा
कम्पनीले मोबाइलमा ६.५ इन्चको मिनीड्रप डिजाइनमा क्वाड (४ वटा लेन्स) भएको क्यामेरा राखेको छ । ६.५ इन्चको स्क्रिनका कारण यसमा खिचिएको भिडियो एकदमै उत्कृष्ट हुन्छ ।यसमा रहेको स्न्याप ड्रागन ४६० ८—कोर प्रोसेसरले गर्दा दैनिक प्रयोजन हुने एपवा गेम निर्बाध चल्छ । यस मोबाइल फोनबाट इन्टरनेट चलाउँदा होस् वा युट्युबमा भिडियो हेर्दा अथवा फोटोहरु हेर्दा शानदार दृश्य प्रभाव हुने कम्पनीको भनाइ छ । 

यस फोनमा पछाडिपट्टीको क्यामेरा १३ एमपीको छ, जसले उत्कृष्ट नाइटस्केप मोड, ११९ डिग्री अल्ट्रावाइड मोड, पोर्टेट मोड लगायतका सुविधाहरु प्रदान गरेको छ । यस्तै अगाडिपट्टी ८ एमपीको क्यामेरा राखिएकोमा यसले १०८० पीमा पूर्ण एचडी भिडियो रेकर्डको सुविधाप्रदान गरेको छ भने यसमाफोटो, एआई ब्युटी लगायतका सुविधाप्रदान गरेको छ । मूल्य घटेपछि रियलमी सी १५ फोन अब बजारमा मात्रै रु. १८ हजार ५९० मा उपलब्ध रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको