Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको लाभांश र एफपीओ निष्काशन गर्ने प्रस्ताव आज पारित हुँदै

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, १० : १४ मा प्रकाशित

महुली लघुवित्तको लाभांश र एफपीओ निष्काशन गर्ने प्रस्ताव आज पारित हुँदै

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा आज  (चैत्र २५ गते बुधबार) हुँदैछ । संस्थाको संस्थाको केन्द्रिय कार्यालय सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले बोनस सेयरको हदसम्म जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नुका साथै प्रिमियममा एफपीओ सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश पारित हुनेछ  ।

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित साविक महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र साविक नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७६,०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उअपर छलफल गरी पारित गरिनेछ यसका साथै लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि पनि छलफल हुनेछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको