Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको लाभांश सेयरधनीको हितग्राही खातामा, तपाईकोमा आएन ? यसो गर्नुहोस्

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, ११ : ५५ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको लाभांश सेयरधनीको हितग्राही खातामा, तपाईकोमा आएन ? यसो गर्नुहोस्

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड नगद लाभांश वितरण भएको छ । संस्थाको चैत २० गते सम्पन्न १९औं वार्षिक साधारण सभाले पारित गरेको आर्थिक वर्ष २०७६/७७ को ५ प्रतिशत नगद लाभांश सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो ।

संस्थाले उक्त लाभांश हिजो (चैत २४ गते, बुधबार) देखि उक्त लाभांश सेयरधनीको हितग्राही खातामा जम्मा गर्न थालेको हो ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकिकरण नगराएका सेयरधनीहरुलाई तत्काल सेयर अभौतिकिकरण गराई लाभांश प्राप्त गर्न संस्थाले अनुरोध गरेको छ ।

संस्थाको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् 

606d4d9dc9a12.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको