Like us!
Follow us!
Connect us!
Watch us!

यस साता रेकर्ड ब्रेक गरेको नेप्से अबको साता कता जाला ?

अर्थ संसार

शनिबार, २८ चैत्र २०७७, १९ : ०५ मा प्रकाशित

यस साता रेकर्ड ब्रेक गरेको नेप्से अबको साता कता जाला ?

यो साता नेप्सेले रेकर्ड ब्रेक गरेको साता हो । 

यस साता नेप्से परिसूचक ४२ दशमलव ४५ अंकले बढेर २६ सय ७४ दशमलव ३५ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ८२ दशमलव ९४ अंकले बढेर २६ सय ३१ दशमलव ८९ विन्दुमा रोकिएको थियो ।

यस साता सेन्सेटिभ परिसूचक पनि १० दशमलव १ अंकले बढेर ४ सय ७६ दशमलव ५१ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक १६ दशमलव ११ अंकले बढेर ४ सय ६६ दशमलव ४२ विन्दुमा रोकिएको थियो ।

नेप्से परिसूचकसँगसँगै कारोबार रकममा पनि आकर्षक वृद्धी भएको छ । गत साता औसतमा दैनिक ६ अर्ब भन्दा माथीको कारोबार भएकोमा यस साता औसतमा दैनिक ७ अर्ब ४९ करोड भन्दा माथीको कारोबार भएको छ ।  

बजार पुँजीकरणको कुरा गर्नुपर्दा यस साता लगानीकर्ताको सम्पत्ती ६७ अर्बले बढेको छ । गत साता ३६ खर्ब ३५ अर्ब रहेको बजार पुँजीकरण यस साता बढेर ३७ खर्ब २ अर्ब पुगेको छ ।

यस साता कारोबार भएका १३ उपसमूहमध्ये ४ वटा उपसमूहको सूचक घट्दा बाँकी ९ वटा उपसमूहको सूचक भने बढेको छ ।

यस साता सबैभन्दा धेरै नामा कमाउनेको सूचीमा एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता अग्र स्थानमा छन् । स्वदेशी लघुवित्तसँग मर्जरका कारण लामो समयसम्म एनआइसीको सेयर कारोबार रोक्का रहेको थियो । कारोबार खुलेसँगै संस्थाको सेयर लगातार सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको हो । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ता रहेका छन् ।

यस साता सबैभन्दा धेरै गुमाउनेमा अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

यस साताको सेयर बजारलाई समग्रमा हेर्दा आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ७१ अंकले बढेर २६ सय ५७ दशमलव ६१ विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएको थियो । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १ दशमलव १३ अंकले बढेर २६ सय ५८ दशमलव ७४ विन्दुमा पुगेको थियो । दिनहुँ नयाँ कीर्तिमानीतर्फ लम्किरहेको सेयर बजार मंगलबार पनि १५ दशमलव ७२ अंकले बढेर २६ सय ७४ दशमलव ४६ विन्दुमा पुगेको थियो । यो बन्द हुँदाको हालसम्मकै उच्च विन्दु हो । दिनानुदिन नयाँ रेकर्ड बनाउँदै आएको सेयर बजारले बुधबार भने ब्रेक लिएको थियो । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २६ सय ७१ दशमलव ६१ विन्दुमा पुगेको थियो । तर बुधबार नै इन्ट्रा डे कारोबारमा भने नेप्से २६ सय ९४ दशमलव ९८ को उच्च विन्दुसम्म पुग्न सफल भएको छ । बिहीबार फेरि सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७४ अंकले बढेर २६ सय ७४ दशमलव ३५ विन्दुमा पुगी यस सातालाई बिदाइ गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको