Like us!
Follow us!
Connect us!
Watch us!

अपरान्हपछि मेघगर्जनसहित वर्षाको सम्भावना

अर्थ संसार

आइतबार, २९ चैत्र २०७७, ११ : ३८ मा प्रकाशित

अपरान्हपछि मेघगर्जनसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ ।

देशको पहाडी भू-भागहरूमा आंशिक बदली  रहेको छ भने बाँकि भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै, दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक/दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यसैगरी, राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको