हाल बजारमा विभिन्न ७ वटा कम्पनीकाे लिलामी सेयर धमाधम बिक्री भइरहेकाे छ । कम्पनीले संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गरिरहेका हुन् । जसमध्ये २ कम्पनीको सेयरमा आवेदन दिन ३ दिन मात्र रहको छ । हाल नेशनल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, निर्धन उत्थान लघुवित्त र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर धमाधम बिक्री भइरहेको छ । त्यसैगरी, नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर चैत ३१ गतेदेखि बजारमा आउँदैछ ।
कुनको कित्ता कति ?
नेशनल लाइफ इन्स्योरेन्स :- ५५ हजार ८६६ कित्ता
(एनआईसी एशिया बैंकको स्वामित्व)
बिक्री प्रबन्धक:- एनआईसी एशिया क्यापिटल
बोलपत्र पेश गर्ने मिति: चैत २३ गतेदेखि चैत ३१ गतेसम्म
नागरिक लगानी कोष :- ५० हजार कित्ता
(एनआईसी एशिया बैंकको स्वामित्व)
बिक्री प्रबन्धक:- एनआईसी एशिया क्यापिटल
बोलपत्र पेश गर्ने मिति: चैत २३ गतेदेखि चैत ३१ गतेसम्म
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त:- २५ हजार कित्ता
बिक्री प्रबन्धक: मुक्तिनाथ क्यापिटल लिमिटेड
बोलपत्र पेश गर्ने मिति: चैत ३ गतेदेखि बैशाख ६ गतेसम्म
मेरो माइक्रोफाइनान्स लघुवित्त :- ५ लाख ८९ हजार ४३८ कित्ता
(एनआईसी एशिया बैंकको स्वामित्व)
बिक्री प्रबन्धक: एनआईसी एशिया क्यापिटल
बोलपत्र पेश गर्ने मिति: चैत ४ गतेदेखि बैशाख ७ गतेसम्म
निर्धन उत्थान लघुवित्त:- १ लाख ८ हजार ५४२ कित्ता
बिक्री प्रबन्धक: एनआईबिएल एस क्यापिटल
बोलपत्र पेश गर्ने मिति: चैत २३ गतेदेखि बैशाख २६ गतेसम्म
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त :-८१ हजार ५०० कित्ता
(ग्लोबल आईएमई बैंकको स्वामित्व)
बिक्री प्रबन्धक: ग्लोबल आईएमई क्यापिटल
बोलपत्र पेश गर्ने मिति: चैत २३ गतेदेखि बैशाख २६ गतेसम्म
नेशनल माइक्रोफाइनान्स लघुवित्त :- ८० हजार कित्ता
बिक्री प्रबन्धक:- एनआईबिएल एस क्यापिटल
बोलपत्र पेश गर्ने मिति:- चैत ३१ गतेदेखि जेठ ३ गतेसम्म
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस