Like us!
Follow us!
Connect us!
Watch us!

कुखुराको मासुको मूल्य हालसम्मकै उच्च !

अर्थ संसार

आइतबार, २९ चैत्र २०७७, १६ : ४३ मा प्रकाशित

कुखुराको मासुको मूल्य हालसम्मकै उच्च !

काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ ।  राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य प्रतिकेजी ४१० रुपैयाँ तोकिएको छ ।

महासंघले तोकेको यो मूल्य हालसम्मकै उच्च हो।  संघले यसअघि कुखुराको मासुको मूल्य प्रतिकेजी  ४०० रुपैयाँसम्म तोकेको थियो । संघका अध्यक्ष जंगबहादुर बिसीका संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको हो । मागको तुलनामा उत्पादनमा कमी भएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको उनले बताए । 

त्यसैगरी, जिउँदो कुखुराको मूल्य पनि हालसम्मकै उच्च भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यसअघि किसानले प्रतिकिलो अधिकतम २७० रुपैयाँमा पाउने जिउँदो कुखुराको भाउ अहिले २९० रुपैयाँ पुगेको छ । 

कोरोनापछि सबै व्यवसाय र क्षेत्रहरु पूर्ण रुपमा सञ्चालनमा आउँदा मासुको माग उच्च भएको व्यवसायीहरुले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको