Like us!
Follow us!
Connect us!
Watch us!

एकै जिल्लाका पन्ध्र सामुदायिक वनमा आगलागी

अर्थ संसार

आइतबार, २९ चैत्र २०७७, १७ : ०१ मा प्रकाशित

एकै जिल्लाका पन्ध्र सामुदायिक वनमा आगलागी

लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ । सुख्खापनका कारण वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।  

जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताउनुभयो । जिल्लाको कूल क्षेत्रफलको ६२ प्रतिशत वन क्षेत्र रहेको छ । यहाँका अधिकांश वन जङ्गलमा आगलागी भएको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताउनुभयो । आगलागीका कारण काँचो रुखसमेत जलेर नष्ट भएका छन् । 

सामुदायिक वनमा आगलागी हुँदा स–साना बोटबिरुवा जलेर खरानी भएको स्थानीयवासीले बताएका छन् । वनमा भएको आगलागीका कारण वातावरणसमेत प्रदूषण भइरहेको छ । वन जङ्गलमा लागेको आगोले वर्षौंसम्म समस्या निम्त्याउने डिभिजन वन कार्यालयका प्रमुख  पराजुलीको भनाइ छ । खडेरीका कारण वन जङ्गलमा रुख आफैँ सुकिरहेका बेला आगलागीका कारण झन् समस्या भएको उहाँले बताउनुभयो ।

वन जङ्गलमा आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घाँस राम्रो हुन्छ भन्ने गलत सोचाइका कारण वन जङ्गलमा डढेलो लगाउने क्रम बढ्दै गएको छ । वन जङ्गलमा लागेको डढेलोका कारण पानीका मुहानसमेत सुक्दै गएका स्थानीयवासीले बताएका छन् । डढेलोको कारण समस्या निम्त्याउने भएकाले सावधानी अपनाउन वन कार्यालयले आग्रह रहेको छ ।  

लामो समयदेखिको खडेरीले बैतडीका विभिन्न स्थानमा वन जङ्गलका रुख सुक्न थालेका छन् । रुख बिरुवामा पालुवा आउने बेलामा ठूलठूला रुख सुक्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । सुर्नया गाउँपालिका–४ को रौलेश्वर केदार सामुदायिक वन, रानीपातल सामुदायिक वन, बजलाडी सामुदायिक वन, ठूलापातल सामुदायिक वन, चोरपातल र सौलेभाडी सामुदायिक वनमा रुख सुक्न थालेको सुर्नया गाउँपालिका–४ का रामबहादुर महराले बताउनुभयो ।

सामुदायिक वनमा रुखहरु सुक्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले भन्नुभयो,“लामो समयको खडेरी, रोगकीराको प्रकोप र रुखहरु बुढो भएका कारणले रुख सुकेको बताउनुभयो ।” रुखहरु सुक्दै जान थालेपछि पानी मुहान पनि सुक्दै गएका छन् । जिल्लाका अधिकांश ठाउँमा खानेपानीको हाहाकार हुन थालेको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको