Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंको पार्टी प्यालेसमा आगलागी, ४५ लाखको क्षति

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, ०५ : ५६ मा प्रकाशित

काठमाडौंको पार्टी प्यालेसमा आगलागी, ४५ लाखको क्षति

काठमाडौंस्थित खुसिबुमा विवाहको भोज पकाउँदै गर्दा एक पार्टी प्यालेसमा आइतबार साँझ अचानक आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसको भण्डार कोठा र भान्सा कोठामा आगलागी हुन हँदा उक्त क्षति भएको हो । 

 

नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले दमकलको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको