Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणको जोखिम बढ्यो, बितेको २४ घण्टा ३०३ संक्रमित थपिए

अर्थ संसार

आइतबार, २९ चैत्र २०७७, १७ : १० मा प्रकाशित

नेपालमा कोरोना संक्रमणको जोखिम बढ्यो, बितेको २४ घण्टा ३०३ संक्रमित थपिए

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम ह्वात्तै बढेको छ । बितेको २४ घण्टामा नेपालमा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ जनाको परिक्षण गर्दा ३०३ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १४१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  योसँगै नेपालमा कोरोना  संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार २७ पुगेको छ ।

आइतबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमित २९६१ जना रहेका छन् । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ४० पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको