Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सले सेयर बेचेर १४ कराेड कमाउँदै

अर्थ संसार

सोमबार, ३० चैत्र २०७७, १२ : १७ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सले सेयर बेचेर १४ कराेड कमाउँदै

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामी सेयर बेचेर १४ कराेड भन्दा धेरै रूपैयाँ हात पार्ने भएकाे छ ।

कम्पनीले आफ्नाे स्वामित्वमा रहेको नागरिक लगानी काेषकाे एक लाख ३ हजार ७ सय कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्दैछ । उक्त सेयरकाे न्युनतम मूल्य एक हजार ३ सय ५० रुपैयाँ ताेकिएकाे छ ।

यस हिसाबले कम्पनीले नागरिक लगानी काेषकाे सेयरबाट १३ कराेड ९९ लाख ९५ हजार रूपैयाँ हात पार्ने भएकाे छ । बजारमा नागरिक लगानी काेषकाे संस्थापक सेयरकाे काराेबार भएकाे छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको