नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण ४ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमित र कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । यही चैत २१ गते कोरोना अस्पतालमा भर्ना भएकी महिलामा ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका –५ निवासी ७९ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । चैत २७ गते अस्पताल भर्ना भएको उनमा ज्वरो, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
त्यसैगरी कपिलवस्तुको वाँणगङ्गा नगरपालिका–३ निवासी ७१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । चैत २७ गते नै अस्पतालमा भर्ना भएका पुरुषमा ज्वरो निमोनिया, मधुमेह जस्ता समस्या रहेको अस्पतालका सूचना अधिकारी गौतमले बताए ।
कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस सङ्क्रमणका कारण आज मृत्यु भएको छ । कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुगेको उनको नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो ।
आइतबार राति भर्ना भएका उनको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिए । गएको फागुनमा उनी भारतबाट घर फर्किएका हुन् । सेती प्रादेशिक अस्पतालमा सङ्क्रमित चार जनाको उपचारको व्यवस्थापन भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस