चितवनमा मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आव २०७७/०७८ को भदौमा चार, असोजमा आठ, कात्तिकमा दुई, मङ्सिरमा दुई, पुसमा नौ, माघमा पाँच र फागुनमा छ वटा सवारी साधन कारवाहीमा परेका छन् ।
मापदण्डविपरीत ढुवानी गर्ने व्यक्ति वा फार्मलाई दण्ड वा जरिवाना गरेवापत चालु आवको हालसम्म रु ६३ हजार ५०० राजस्व सङ्कलन गरिएको पौडेलले जानकारी दिनुभयो । क्षमताभन्दा बढी पशु ढुवानी गर्नु, नाक मुख बाँधेर पशु ओसारपसार गर्नु, चेकपोष्टमा दरपिट नगरी आउनु, पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र नलिई आउनुलगायतका कुरालाई पशु ढुवानी मापदण्डविपरीत मानिन्छ । पशुलाई ढुवानी गर्दा हलचल गर्न मिल्ने, घाउचोट नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाई, एकापसमा ठोक्किएर अङ्गभङ्ग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्नुपर्नेलगायतका कुरा मापदण्डमा उल्लेख छ ।
डा पौडेलका अनुसार पशु चिकित्सकसँग पशु स्वास्थ्य जाँच गराएको प्रमाणपत्रको अवधि ७२ घण्टा नाघेको हुुनुहुँदैन । स्वास्थ्य जाँच नगरिकन पशु ढुवानी गर्ने अहिलेसम्म नपाइएको बताउँदै डा पौडेलले यदि स्वास्थ्य जाँचविपरीत आएको खण्डमा पशुपक्षी अन्वेषण प्रयोगशाला, भरतपुरमा पठाएर जाँच गर्न लगाइने बताउनुभयो । चल्लाको हकमा बिक्री अनुमतिपत्रको आधारमा ढुवानी गर्न दिइने गरेको उहाँले जनाउनुभयो ।
पशु चिकित्सक डा पौडेलका अनुसार एउटा जिल्लाबाट अर्काे जिल्लामा प्रवेश गराउँदा पशु स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । जाँच गरिएको प्रमाणपत्र देखाउन चितवन जिल्ला प्रवेश गरेका सबै पशुपक्षी ढुवानी गरेका सवारी रामनगर पु¥याउनुपर्ने हुन्छ । पश्चिमबाट पूर्व लैजान खोजिएका तथा पूर्वबाट पश्चिम लैजान खोजिएका पशु ढुवानी गरेका सवारीले चितवन आएपछि रामनगर लगेर प्रमाणपत्र देखाई दरपिट गर्नुपर्ने हुन्छ ।
पशु क्वारेन्टाइन जाँच गर्ने चौकीको नै देशमा कमी छ । चितवनबाट नजिक रहेका अरु पशु क्वारेन्टाइन चेकपोष्ट पूर्वतर्फ बाराको पथलैया, पश्चिममा दाङको भालुवाङ र काठमाडौँको नागढुङ्गा हुन् । काठमाडौँ लैजान लागिएको हकमा रामनगरमा जाँच भएपछि पुनः नागढुङ्गामा जाँच गरिन्छ । पोखरा लैजान लागिएको हकमा भने रामनगर नै अन्तिम जाँचस्थल हो । हरेक हप्ता तराईमा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस