Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्ने मौका

अर्थ संसार

विहीबार, २७ असोज २०७९, १७ : २५ मा प्रकाशित

खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्ने मौका

चाडपर्वको अवसरमा खल्तिले आफ्ना प्रयोगकर्ताहरूका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्न सक्ने अफर ल्याएको छ । खल्ती मार्फत बस टिकट खरिद गर्ने प्रयोगकर्ता मध्ये दुई भाग्यशाली बिजेताले स्मार्टफोन जित्न सक्नेछन् । यो अफर असोज २७ देखि कार्तिक २६ सम्म लागु हुनेछ। 

यसअघि पनि  भाद्र १९ देखि असोज १८ सम्म दशैंको समयमा खल्ती मार्फत बस टिकट खरिद गर्ने दुई भाग्यशाली बिजेताले स्मार्टफोन प्राप्त गरेका थिए। यो अफर चाडपर्वको समयमा बस टिकट खरिद गर्ने प्रक्रियालाई सहज बनाउन साथै डिजिटल भुक्तानी प्रति प्रोत्साहित गर्ने उद्देश्यले संचालन गरिएको थियो भने यो अफर पुनः असोज २७ देखि कार्तिक २६ , २०७९ सम्म थप गरिएको छ। 

अफरमा सहभागी हुन भने खल्ती अकाउन्टको केवाईसी भेरिफाईड (KYC verified) हुन जरूरी छ। खल्ती अकाउन्ट केवाईसी भेरिफाईड नभएको खण्डमा पनि प्रयोगकर्ताले सम्पूर्ण विवरण भरि सजिलै भेरिफाई गर्न सक्नेछन्।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “ नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ प्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानी मार्फत् हाम्रा प्रयोगकर्ताको चाडपर्वमा बस टिकट काट्ने प्रक्रिया सरल र सहज बनाउन यो अफर ल्याएका हौं।” 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको