Like us!
Follow us!
Connect us!
Watch us!

आज र भोली रात्रि बस नचलाउन निर्देशन

अर्थ संसार

शुक्रबार, ११ असोज २०८१, ११ : १५ मा प्रकाशित

आज र भोली रात्रि बस नचलाउन निर्देशन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो।

बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ ।  प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजाने सूचना जारी गरेको छ ।

66f6434514223.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको