Like us!
Follow us!
Connect us!
Watch us!

दसैँका लागि बसको अग्रिम टिकट कहिले खुल्छ ?

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, ०८ : ३२ मा प्रकाशित

दसैँका लागि बसको अग्रिम टिकट कहिले खुल्छ ?

दसैँतिहार र छठ नजिकै लाग्दा पनि लामो दुरीको सार्वजनिक यातायातको अग्रिम टिकटको टुंगो लागेको छैन।  बसका टिकट असोज पहिलो हप्तादेखि खुला गर्ने भनिएको छ। 

पूर्व अरनिको यातायातले २० भदौदेखि नै अग्रिम बुकिङ खुलाए पनि अन्यत्र अन्योल छ। अहिलेसम्म सरकारले कुनै निर्णय गर्न सकेको छैन।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले पहिरो र खाल्डाखुल्डीले गर्दा सडक बिग्रिएको बताए। त्यसका लागि सरकारले सडक सहज बनाउनुपर्ने उनले बताए।

सडक विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले व्यवसायीसँग छलफल भएपछि अग्रिम बुकिङ खोल्नेबारे निर्णय हुने बताए। 

गत वर्ष घटस्थापनाको ६ दिनअघि मात्र अग्रिम बुकिङ खुलाइएको थियो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको