Like us!
Follow us!
Connect us!
Watch us!

आज चट्याङसहित वर्षाको सम्भावना

अर्थ संसार

विहीबार, ०२ बैशाख २०७८, ०८ : ३० मा प्रकाशित

आज चट्याङसहित वर्षाको सम्भावना

फोटो फाइल

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ।

महाशाखाले आज बिहान देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली भइरहेको जनाएको छ । 

यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।   

भने, देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

यस्तै, राति देशका पहाडी भू९भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने पूर्वानुमान गरेको छ । 

देशका पहाडी भूभागका एक वा दुई  स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको