सिईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) जारी गर्ने अनुमति पाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले आज (वैशाख २ गते, बिहीबार) आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।
कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस