Like us!
Follow us!
Connect us!
Watch us!

सुर्तीजन्य पदार्थ सेवनमा नियन्त्रण गर्न राजस्व बढाउनुपर्ने सरोकारवालाहरुको सुझाव

अर्थ संसार

शुक्रबार, ०३ बैशाख २०७८, १७ : ३५ मा प्रकाशित

सुर्तीजन्य पदार्थ सेवनमा नियन्त्रण गर्न राजस्व बढाउनुपर्ने सरोकारवालाहरुको सुझाव

नेपालमा सुर्तीजन्य पदार्थमा राजस्व बृद्धि गरी नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ । स्वास्थ्य पत्रकार मञ्च र एक्सन  नेपालद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘सुर्तीजन्य पदार्थमा राजस्व वृद्धि र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियाका सहभागी वक्ताले नेपालमा सस्तो सुर्तीजन्य पदार्थ बिक्री वितरण पाइएकाले राजस्व बढाएर सेवनमा नियन्त्रण गर्न सकिने बताउनुभयो । 

राजस्व बढाइएका खण्डमा चुरोट, खैनी, सुर्ती र गुट्खा महँगो पर्ने र व्यक्तिको सेवनमा न्यूनीकरण गर्न सकिने बताइएको छ । सहभागीले नेपालमा अहिले ३० प्रतिशत सुर्तीजन्य पदार्थमा राजस्व लिने गरिएकामा ७० प्रतिशतसम्म पु¥याउनुपर्ने जोड दिए । 

 कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले सुर्तीजन्य पदार्थमा राजस्व बढाएर चुरोट, खैनी, सुर्ती र गुट्खाको सेवनलाई  नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो । सुर्तीजन्य पदार्थ सस्तोमा पाइने भएकाले राजस्व बढाएर महँगो पर्ने भएपछि सेवन पनि कम हुने उहाँको भनाइ थियो  । 

“हामीकहाँ अन्य देशको तुलनामा सस्तोमा चुरोट पाइन्छ”, उहाँले भन्नुभयो, “सस्तोमा पाइने भएकाले शोखका रुपमा पनि मानिसले चुरोट सेवन गर्दछ । राजस्व बढाएर महँगो बनाउने हो भने कम सेवन गर्दछन् ।” उहाँले स्वास्थ्य तथा जनसङ्ख्या र अर्थमन्त्री दुवैसँग राजस्व बढाउने विषयमा आफूले छलफल गर्नेसमेत जानकारी दिनुभयो ।  

नेपालमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०मा नै भन्दा सस्तो दरमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण हुन्छ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले  नेपालको कूल जनसङ्ख्याको २८ प्रतिशत मानिसले धूमपान सेवन र दैनिक रु आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन गर्ने गरेको तथा वार्षिक रु एक खर्ब ५३ अर्ब चुरोटको धुवाँमा खर्च हुने गरेको जानकारी दिनुभयो । 

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक शम्भु मरासिनीले भन्नुभयो, “राजस्व बढाउने कुरा सकारात्मक हो ।  हामीलाई नि फाइदा हुन्छ । ” उहाँका अनुसार कूल राजस्वको पाँच प्रतिशत सुर्तीजन्य पदार्थबाट उठ्ने तथा वार्षिक रु १८ अर्ब राजस्व सुर्तीजन्य पर्दाथबाट सङ्कलन हुने गरेको छ । 

काठमाडौँ महानगरीय प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले सार्वजनिक स्थानमा धूमपान गर्नेलाई प्रहरीले कारवाही गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ३८ हजारलाई सम्झाइबुझाइ गरिएको तथा २०० कक्षा लिइएको र सात हजार १८७ लाई कारवाही गरिएको छ । 

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिले बढी धूमपान सेवा गर्ने गरेको जानकारी दिनुभयो । उहाँले १८ वर्षको उमेरमा ७८।८ प्रतिशत मानिसले धूमपान गरेको पाइएको जानकारी दिनुभयो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमराज वैद्यले चुरोट सेवनबाट २६ प्रकारका रोग निम्तिने जानकारी दिनुभयो । उहाँले चुरोट खाने हरेक पाँच जनामा एक जनामा क्यान्सर हुने जनाउँदै एउटा चुरोटले सेवन गर्ने व्यक्तिले २० जनालाई असर पु¥याउने बताउनुभयो । 

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले राजस्व बढाउँदा धूमपानमा पनि कमी आउने विभिन्न अध्ययन देखाएकाले राजस्व बढाउनुपर्ने जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको