Like us!
Follow us!
Connect us!
Watch us!

अनाधिकृत रुपमा अभिकर्ताहरुलाई कर्जा प्रवाह नगर्नुः बिमा समिति

अर्थ संसार

शनिबार, ०४ बैशाख २०७८, ०८ : ०३ मा प्रकाशित

अनाधिकृत रुपमा अभिकर्ताहरुलाई कर्जा प्रवाह नगर्नुः बिमा समिति

बीमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले बिमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दै अभिकर्ताहरुलाई अनाधिकृत रुपमा कर्जा प्रवाह नगर्न निर्देशन दिएको छ । 

समितिले बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरु र बीमालेख धितो राखेर प्रदान गरिने कर्जा बाहेकका कुनै पनि कर्जाहरु प्रवाह नगर्न बिमा कम्पनीहरुलाई र्निदेशन दिएको हो ।

समितिका अनुसार, बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ अनुसार आफ्नो बहालवाला बीमा अभिकर्तालाई समितिले समय समयमा तोकिए अनुसार कर्जा दिन र कर्मचारी सेवा शर्त विनियमावलीमा व्यवस्था भए अनुसार जीवन बीमा व्यवसाय गर्ने कम्पनीले आफ्नो कर्मचारीहरुलाई सापटी दिन भने रोक लगाइएको छैन ।

बिभिन्न बिमा कम्पनीहरुले अभिकर्ताहरुलाई व्यवसाय बढाएको भन्दै नियम बिपरीत ठुलो रकम कर्जा दिने गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको