Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : नेप्सेको ऐतिहासिक साता

अर्थ संसार

शनिबार, ०४ बैशाख २०७८, १० : ३९ मा प्रकाशित

साताको सेयर बजार : नेप्सेको ऐतिहासिक साता

यस साता नेप्से परिसूचक ६१ दशमलव ४ अंकले बढेर २७ सय ३५ दशमलव ३९ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक  ४२ दशमलव ४५ अंकले बढेर २६ सय ७४ दशमलव ३५ विन्दुमा रोकिएको थियो । 

यस साता सेन्सेटिभ परिसूचक पनि १५ दशमलव ९४ अंकले बढेर ४ सय ९२ दशमलव ४४ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक १० दशमलव १ अंकले बढेर ४ सय ७६ दशमलव ५१ विन्दुमा रोकिएको थियो । आइतबार घोडे जात्रा र बुधबार नयाँ वर्ष परेको हुनाले यो साता ३ दिन मात्र सेयर बजार खुलेको थियो । ३ दिन खुलेको बजारमा हरेक दिन नयाँ नयाँ रेकर्ड बनेको थियो।

नेप्से परिसूचकसँगसँगै कारोबार रकममा पनि वृद्धी भएको छ । गत साता औसतमा दैनिक ७ अर्ब ४९ करोड भन्दा माथीको कारोबार भएकोमा यस साता औसतमा दैनिक ७ अर्ब ७९ करोड भन्दा माथीको कारोबार भएको छ ।  

बजार पुँजीकरणको कुरा गर्नुपर्दा गत साता ३७ खर्ब २ अर्ब रहेको बजार पुँजीकरण यस साता बढेर हालसम्म कै उच्च अर्थात् ३७ खर्ब ८७ अर्ब पुगेको छ ।

यस साता कारोबार भएका अधिकांश सूचीकृत समूहमा वृद्धि भएपनि ४ वटा समूहको सूचक भने घटेको छ । यस साता घट्ने समूहहरूमा अन्य, जलविद्युत, व्यापार र होटल तथा पर्यटन रहेका छन् ।

यस साता पनि सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता नै अग्र स्थानमा रहेका छन् । स्वदेशी लघुवित्तसँग मर्जरका कारण लामो समयसम्म एनआइसीको सेयर कारोबार रोक्का रहेको थियो । कारोबार खुलेसँगै संस्थाको सेयर लगातार सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश छ्याङदी हाइड्रोपावर लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् ।

यस साता सबैभन्दा धेरै गुमाउनेमा  नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश चन्द्रागिरी हिल्स लिमिटेड र रिलायन्स फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

यस साताको सेयर बजारलाई समग्रमा हेर्दा सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २६ सय ९१ दशमलव ५५ विन्दुमा पुगेको थियो । गत वर्षको अन्तिम दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २३ दशमलव २३ अंकले बढेर २७ सय १४ दशमलव ७९ विन्दुमा पुगेको थियो । अनि यस वर्षको पहिलो कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २० दशमलव ६७ अंकले बढेर २७ सय ३५ दशमलव ४६ विन्दुमा पुगेको छ । यो हालसम्म कै उच्च विन्दु हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको