Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तको एकै साथ ७ शाखा विस्तार

अर्थ संसार

आइतबार, ०५ बैशाख २०७८, १३ : ३५ मा प्रकाशित

सिभिल लघुवित्तको एकै साथ ७ शाखा विस्तार

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी)ले थप ७ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ ।

लघुवित्त वित्तीय संस्थाको न्यून उपस्थिति रहेका स्थानहरुलाई समेटी क्रमशः झापा जिल्लाको धाईजन, मोरङ्गको भाथिगछ, सुनसरीको भिमपुर, सप्तरीको बलुवा, चितवनको रत्ननगर, सिन्धुपाल्चोकको पाटीभञ्ज्याङ्ग र कपिलवस्तुको बहादुरगञ्जमा नयाँशाखा कार्यालयहरु स्थापना गरेको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले यस अघि २९ जिल्लामा रहेको ५५ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेकोमा अब ६२ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्नेछ ।

वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्न वर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विना धितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहँुच पुरयाउदै आइरहेको छ । साथै, संस्थाले लघु बचत, लघुवीमा,विप्रेषण सेवाहरु उपलब्धगराउदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैर वित्तीय सेवाहरु समेत उपलव्ध गराउदै आइरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको