Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तको हकप्रद शेयर बाँडफाँट

अर्थ संसार

बुधबार, १४ असोज २०७७, ०७ : २४ मा प्रकाशित

सिभिल लघुवित्तको हकप्रद शेयर बाँडफाँट

अर्थ संसार, काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर बाँडफाँट गरिएको छ । संस्थाको १ सय रुपैयाँ अंकित दरका ११ लाख ३१ हजार १ सय ४० कित्ता सम्म शेयरहरु असार १४ गतेसम्म कायम शेयरधनीहरुलाई बाँडफाँट गरिएको हो ।

संस्थाले एक सूचना प्रकाशित गर्दै  साउन २५ गतेदेखि भदौ २९ सम्म १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरिएकोमा सो अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरुलाई हिजो (असोज १३ गते मंगलबार) हकप्रद शेयर बाँडफाँट गरिएको जनाएको छ ।

सो शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको कार्य  सेन्चुरी क्यापिटल मार्केटस् लिमिटेडले गरेको छ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको