Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तको नाफा २८२ प्रतिशतले बढ्यो, ईपिएस कति ?

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, ०८ : ५७ मा प्रकाशित

सिभिल लघुवित्तको नाफा २८२ प्रतिशतले बढ्यो, ईपिएस कति ?

सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २८२.८२ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ४० लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि २४३.६५ प्रतिशतले बढेर २ करोड १९ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ६३ लाख ९४ हजार रूपैयाँमा सिमित रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १२०.३८ प्रतिशतले बढेर ५ करोड २१ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २४ करोड २१ लाख रुपैयाँ र जगेडा कोषमा १३ करोड २० लाख रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ७३ पैसा छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १८.५० रुपैयाँले बढि हो । त्यस्तै प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ २ पैसा रहेको छ   भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ५२.१२ गुणा रहेको छ ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

6181fefb2243f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको