Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा करेक्सन, नेप्से घट्यो, कारोबार रकम बढ्यो

नेप्से

आइतबार, ०५ बैशाख २०७८, १५ : ०० मा प्रकाशित

सेयर बजारमा करेक्सन, नेप्से घट्यो, कारोबार रकम बढ्यो

निरन्तर नयाँ रेकर्ड कायम राख्दै आएको सेयर बजारले आज (आइतबार) भने ओरालो यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३५.८९ अंकले घटेको हो । नेप्से परिसूचक १.३१ प्रतिशतले घटेर २६९९.५१ को बिन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा लामो समयपछि यति धेरै गिरावट आएको हो । साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक २०.६७ अंकले बढेर २७३५.४६ विन्दुमा पुगेर बजार बन्द भएको थियो । 

त्यस्तै सेन्सेटिभ परिसूचक ६.२९ अंकले घटेर ४८६.१६ अंकमा  पुगेको छ । आज कुल २०७ वटा कम्पनीको सेयर कारोबार भएको छ । कुल २०७ वटा कम्पनीको एक करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँ बराबरको कारोबार भएको छ 

नेप्से परिसूचकमा भारी गिरावट आउँदा पनि कारोबार रकममा भने बढेको छ बिहिबार ८ अर्ब ५७ करोड ४६ लाख ६२ हजार ३०९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
कुल १३ उपसमूहमध्ये एउटा मात्र उपसमूहको सेयर मात्र बढेको छ बाँकी १२ वटा उपसमूहको सेयर भने घटेको छ । आज म्युचुअल फण्ड बाहेक अन्य सबै उपसमूहको सेयर घटेको हो ।

सर्वाधिक कारोबार गर्ने १० कम्पनी 
आज कारोबारको आधारमा एभरेष्ट बैंक लिमिटेडले अग्रता कायम गरेको छ । बैंकले ८७ करोड ६२ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यस्तै एनआईसी एशिया लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण कावेली पावर लिमिटेड, एनआईसी एशिया बैंक कामना सेवा विकास बैंक, नबिल बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले सबैभन्दा बढी कारोबार गरेका छन् ।

सर्वाधिक कमाउने १० कम्पनीहरु 
आज महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, जोशी हाइड्रोपावर डेभलपमेन्ट, अरुण कावेली पावर, यूनियन हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् ।

सर्वाधिक गुमाउने १० कम्पनीहरु 
आज गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकार्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूूल्य १४ रुपैयाँले घटेर २ सय ६१ रुपैयाँमा अन्तिम कारोबार भएको हो । 
त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: कर्णाली डेभलपमेण्ट बैंक, सांग्रिला डेभलपमेण्ट बैंक, ज्योति विकास बैंक, मल्टीपर्पस फाइनान्स, ग्रिन डेभलपमेण्ट बैंक, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, साल्ट ट्रेडिङ कर्पोरेशन, लुम्बिनी जनरल इन्स्योरेन्स र बोटलर्स नेपाल (तराई) लिमिटेड रहेका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको