Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुबित्तको खुद मुनाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, ०७ : ४२ मा प्रकाशित

कालिका लघुबित्तको खुद मुनाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

कालिका लघुबित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज सोमबार प्रकाशित विवरण अनुसार विवरण अनुसार संस्थाको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ६ करोड ९७ हजार रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार ३ सय ६४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानीमा पनि ब्यापक बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले ११ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो ८९.१९ प्रतिशतले बढेर २० करोड ९१ लाख पुगेको छ ।

संस्थाको सञ्चालन मुनाफामा पनि ब्यापक बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ६३ लाख ६३ लाख माइनसमा रहेको लघुवित्तको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७२ लाख ८३ हजार रुपैयाँ प्लसमा पुगेको छ। संस्थाको सञ्चालन मुनाफामा उछाल आउदा र खराब कर्जा उठाउन सफल हुँदा कम्पनीको खुद मुनाफामा ब्यापक बृद्धि भएको देखिन्छ ।

संस्थाको खुद मुनाफा बृद्धि भएसंगै प्रतिसेयर आम्दानी समेत ब्यापक बढेको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैया ०२ पैसा रहेकोमा अहिले त्यो बृद्धि भएर ३१ रुपैयाँ ७५ पैसा पुगेको छ । संस्थाको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ४३.४९ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ४५ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको