Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुवित्तको नाफा १३२ प्रतिशतले बढ्दा ५१ प्रतिशतले बढ्यो रिजर्भको आकार

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, ०७ : १४ मा प्रकाशित

कालिका लघुवित्तको नाफा १३२ प्रतिशतले बढ्दा ५१ प्रतिशतले बढ्यो रिजर्भको आकार

कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार गत आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा संस्थाले १२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३२.७२ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ५ करोड ५२ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १.१३ प्रतिशतले बढेर २९ करोड ४७ लाख ९६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २९ करोड १५ लाख रूपैयाँ रहेको थियो ।

त्यस्तै चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि २४.३२ प्रतिशतले बढेर ७ करोड ५८ लाख ६८ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ६ करोड १० लाख २५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा २२ करोड ७३ लाख ८३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी  (ईपीएस) ४१ रुपैयाँ ७ पैसा, प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात २९.१९ गुणा रहेको छ ।

हामी आभारी छौँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको