Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुवित्तको नाफामा छलाङ, करिब ७० पुग्यो प्रतिसेयर आम्दानी

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, ०७ : ४२ मा प्रकाशित

कालिका लघुवित्तको नाफामा छलाङ, करिब ७० पुग्यो प्रतिसेयर आम्दानी

कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार संस्थाको खुद मुनाफामा उल्लेख्य बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको मुनाफा ४१ लाख ८८ हजार रुपैयाँ ऋणात्मक थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले खुद व्याज आम्दानी पनि बढाएर ७ करोड ६३ लाख रूपैयाँ पुर्याएको छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ६ करोड ३५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । 

त्यसैगरी, संस्थाको चुक्ता पुँजी २७ करोड रुपैयाँ, प्रतिसेयर आम्दानी ६९ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ६८ पैसा रहेको छ ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

6181ecf11b991.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको