कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ ।
उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७२.५८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ४ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि २९.७२ प्रतिशतले घटेर १ करोड ५१ लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड १५ लाख ८० हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ६.८१ प्रतिशतले घटेर ७ करोड ११ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ३१ करोड २८ लाख रुपैयाँ र जगेडा कोषमा २४ करोड ४ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएसं) ५२.३६ रुपैयाँले घटेर १६ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस