Like us!
Follow us!
Connect us!
Watch us!

हुलास स्टिल इन्डस्ट्रिजको अत्याधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको नयाँ ८ इन्च सम्मको ट्युबमिल सञ्चालनमा

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, १८ : ४४ मा प्रकाशित

हुलास स्टिल इन्डस्ट्रिजको अत्याधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको नयाँ ८ इन्च सम्मको ट्युबमिल सञ्चालनमा

नेपालमै पहिलो पटक मुलुकको प्रतिष्ठित ब्यवसायिक घराना Diwakar Golchha Corp.अन्र्तगतको हुलास स्टिल इन्डस्ट्रिजले अझ परिषकृत अत्याधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको नयाँ ८ इन्च सम्मको ट्युबमिल सुरु गरेको जनाएको छ ।

कम्पनीले हट डिप गाल्भानाइजिङ सन् १९८६ मा र ८ इन्च ट्युबमिल सन् १९९९ मा सुरु गरेको थियो । हुलास स्टिल नेपालमा यी दुवै वस्तुको उत्पादन सुरु गर्ने पहिलो कम्पनीहो । 

Galvanized pipe का Hipco Brand का गुण्स्तरिय Black pipe उत्पादन गर्दै आइरहेको हुलास स्टीलइन्डस्ट्रिज नेपालमा बिजुली तथा टेलिफोनका पोलहरु उत्पादन गर्ने पहिलो कम्पनी समेत हो ।

नेपाल बिधुत प्राधिकरण ,नेपाल टेलिकम साथै देशका विभिन्न गाउँपालिका,नगरपालिका र भारत तथा भुटानका सरकारी निकायहरुद्धारा सन्चालित विभिन्न परियोजनाहरुमा समेत विभिन्न किसिमका pole हरु आपुर्ती गर्दै आइरहेको छ ।

हुलास स्टील इन्डस्ट्रिज लिमिटेडले ७ देखी १३ मिटर सम्म लम्बाइ भएका र IS1713–1980 बाट गुणस्तर प्रमाणित कालो तथा Galvanised Steel Tubular पोलहरु उत्पादन गर्दै आइरहेको छ ।

हुलास स्टील इन्डस्ट्रिज लिमिटेडले नेपाल गुणस्तर १९९को मापदण्ड अनुसार आधाइन्चदेखि
८ इन्चसम्मको (गोलो पाइप) र विभिन्न साइजको (Rectangular)  सेक्सनर वर्गाकार  (Square) सेक्सन पाईपहरुको उत्पादन गर्दै आइरहेको छ  र साथै ट्राफिक लाइट टुबुलर पोल, सडक बत्तीकालागि प्रयोग हुने टुबुलर पोलस्ट्रक्चर/टावर/झोलुंगे पुलका उपकरण लगायतमा आवश्यकता अनुसारको निर्माण आदि काम गर्दै आइरहेको जानकारी गराउदछौ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको