Like us!
Follow us!
Connect us!
Watch us!

स्थापना दिवसको अवसरमा हुलास स्टिलद्वारा रक्तदान कार्यक्रम तथा आर्थिक सहयोग प्रदान

अर्थ संसार

शुक्रबार, १३ साउन २०७९, १५ : ३१ मा प्रकाशित

स्थापना दिवसको अवसरमा हुलास स्टिलद्वारा रक्तदान कार्यक्रम तथा आर्थिक सहयोग प्रदान

हुलास स्टिलले आज (शुक्रबार) रक्तदान कार्यक्रम आयाेजना गरेकाे छ । कम्पनीले स्थापना दिवसको अवसरमा स्वर्गीय दिवाकर गोल्छाको स्मरणमा रक्तदान कार्यक्रम आयाेजना गरेकाे हाे ।

कम्पनीले काठमाडाैँ उपत्यका र उपत्यका बाहिर गरी २ ठाउँमा रक्तदान कार्यक्रम आयाेजना गरेकाे थियाे । उपत्यकाभित्र कम्पनीकै कार्यालय, गणबहाल, काठमाडाैँ गरिएकाे रक्तदानमा २५ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । त्यस्तै, कम्पनीकाे सिमरा फ्याक्ट्रीमा गरिएकाे रक्तदानमा १७० जना भन्दा बढी रक्तदाताहरुले रक्तदान गरेका छन् । कम्पनीले रक्तदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेकाे छ । 

यसका साथै, सोही अवसरमा दिवाकर गाेल्छा फाउन्डेसनले भक्तपुर क्यान्सर अस्पताल र आरोहण गुरूकुललाई आर्थिक सहयोग समेत गरेको छ । फाउन्डेसनले भक्तपुर क्यान्सर अस्पताललाई सहयाेग बापत ५ लाख ३ हजार ८ सय ४७ रूपैयाँ र आरोहण गुरूकुललाई ९६ हजार ७ सय ५ रूपैयाँ बराबरकाे रकम प्रदान गरेकाे हाे । 

नेपालमा पहिलो पटक गुणस्तरिय जस्तापाताको प्रयोगद्वारा खरको छानाहरुमा हुने आगलागीको जोखिम र जीवन क्षतिबाट सुरक्षा गर्ने उद्देश्यले हुलास स्टिलको स्थापना भएको थियाे । 

62e3b31bbbbb7.jpg 62e3b32030964.jpg 62e3b3534ac61.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको