Like us!
Follow us!
Connect us!
Watch us!

आगामी जुलाईबाट कतारी नोट नचल्ने, राष्ट्र बैंकले गर्यो यस्तो आग्रह

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, १३ : ०२ मा प्रकाशित

आगामी जुलाईबाट कतारी नोट नचल्ने, राष्ट्र बैंकले गर्यो यस्तो आग्रह

कतारको केन्द्रीय बैंकले निष्कासन गरेको कतारी रियाल बैंक नोटहरु  आगामी जुलाई १ बाट चलनचल्तीबाट हटाइने भएको छ । 

हाल चलनचल्तीमा रहेका चौथो संस्कारका कतारी रियाल बैंक नोट आउँदो जुलाई १ पछि चलनचल्तीबाट हटाउने निर्णय गरेको हो। 

कतारी केन्द्रीय बैंकको सोही निर्णयअनुसार नेपाल राष्ट्र बैंकले आफूसँग भएका त्यस्ता नोटहरु यही वैशाख २७ गतेभित्र सटही गर्न सबैलाई आग्रह गरेको छ। 

वैशाख २७ गतेपछि त्यस्ता बैंक नोटहरु सटही गर्न केन्द्रीय बैंकलगायत इजाजतपत्र प्राप्त बैंक, वित्तीय संस्था र मनिचेन्जरहरु बाध्य नहुने पनि राष्ट्र बैंकले प्रस्ट पारेको छ। 

607e80e1bc079.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको