Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको वितरण योग्य मुनाफा ३५३.९१ प्रतिशतले बढ्यो, इपिएस कति पुग्यो ?

अर्थ संसार

विहीबार, ०९ बैशाख २०७८, ०७ : ३२ मा प्रकाशित

ज्योति विकास बैंकको वितरण योग्य मुनाफा ३५३.९१ प्रतिशतले बढ्यो, इपिएस कति पुग्यो  ?

ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज बिहिवार प्रकाशित विवरण अनुसार विवरण अनुसार संस्थाको खुद नाफामा उल्लेखिय बृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ६० करोड २५ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.१९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएको छ अघिल्लो आर्थिक बर्षको यहि अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९ करोड ५४ लाख रहेकोमा अहिले यो समिक्षा अवधि सम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५३.९१ प्रतिशतले बृद्धि भएर ४३ करोड ३१ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो ६.३३ प्रतिशतले घटेर १ अर्ब १ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी घटेतापनी सञ्चालन मुनाफामा भने बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ६२ करोड ३१ लाख रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३८.२४ प्रतिशतले बृद्धि भएर ८६ करोड १४ लाख रुपैयाँ पुगेको छ । 

बैंकको खुद मुनाफा बृद्धि भएसंगै प्रतिसेयर आम्दानी समेत बढेको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैया ६३ पैसा रहेकोमा अहिले त्यो बृद्धि भएर २० रुपैयाँ ८९ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) १२.७३ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५३ पैसा रहेको छ । 

बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा ३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष बढेर १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको