Like us!
Follow us!
Connect us!
Watch us!

कुशल भुर्तेल आइसीसी बरियाताको ९३ औँ स्थानमा

अर्थसंसार

विहीबार, ०९ बैशाख २०७८, ०८ : २५ मा प्रकाशित

कुशल भुर्तेल आइसीसी बरियाताको ९३ औँ स्थानमा

नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा पर्न सफल भएका छन् ।

रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएपछि उहाँलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले बरियातामा समावेश गरेको हो ।

 भुर्तेल टी–२० को नयाँ बरियतामा शीर्ष १०० खेलाडीको सूचीमा परेका छन्  । उनी ९३ औँ स्थानमा परेका हुन्  । भुर्तेल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत पर्न सफल छन्।  भुर्तेलले तीन खेलमा एक सय ८५ रन बनाएका छन् । भुर्तेलले नदेरल्याण्ड्ससितको खेलमा दुई तथा मलेसियासितको खेलमा एउटा अद्र्धशतक  बनाएका छन् । नेदरल्याण्ड्ससितको पहिलो खेलमा भुर्तेलले ६२ रन, मलेसियासितको खेलमा ६१ रन तथा नेदरल्याण्ड्ससितको खेलमा ६२ रन बनाएका थिए।  

यसैगरी आइसीसीले जारी गरेको नयाँ बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ८३औँ स्थानमा परेका छन् ।  यसअघिको बरियतामा ७३औँ स्थानमा परेका थिए  । अभ्यासका क्रममा घाइते भएपछि खड्का हाल जारी त्रिदेशीय टी–क्रिकेट सिरिज खेल्नबाट  बाहिरेका थिए  । 

यस्तै बलिङतर्फ सन्दीप लामिछाने विश्व बरियतामा ७७ औँ स्थानमा पुगेका छन् । यसअघि उनी ८४औँ स्थानमा थिए । हाल जारी टी–२० सिरिजमा लामिछानेले तीन खेलमा आठ विकेट लिएका छन् । उनले नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा मङ्गलबार चार विकेट लिए । योसँगै लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् । टी–२० क्रिकेटमा  हालसम्म सन्दिपले  २४ खेलमा ४२ विकेट लिएका छन् । यसअघि टी–२० क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने कीर्तिमान करण केसीको नाममा थियो । उउनले ३१ खेलमा ४१ विकेट लिएका छन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको