Like us!
Follow us!
Connect us!
Watch us!

विदेशमा श्रीमान कमाउने, नेपालमा श्रीमती सेयर कारोबार गर्ने कि ?

माधव पोखरेल ‘गोज्याङ्ग्रे’

अर्थ संसार

शुक्रबार, १० बैशाख २०७८, १४ : ५५ मा प्रकाशित

विदेशमा श्रीमान कमाउने, नेपालमा श्रीमती सेयर कारोबार गर्ने कि ?

यसका अलावा व्यापारी वर्ग कर्मचारी, राजनीतिज्ञ, शिक्षक,  विद्यार्थी, किसान, निर्माण व्यवसायी, बैंकर, निजीक्षेत्रका गैरसरकारी संघसंस्था, व्यापारिक संघसंस्थाहरु, घर व्यवहारमा रमाउनेहरु छन ? वा यी भन्दा फरक व्यवसाय गर्नेहरु छन ? यसको खोजी नीति भएको पाइन्न । 

अर्को कुरा सेयर लगानी कर्ताहरुमध्ये महिला लगानी कर्ता कति प्रतिशत छन ? यो तथ्याङ्क पनि धितोपत्र बोर्डसँग हुनुपर्छ जस्तो लाग्छ । सामान्य रुपमा भन्ने हो भने सेयर बजारमा सरकारले तोकेको महिला सहभागिता ३३ प्रतिशत छ कि छैन ? यदि छ भने राम्रो कुरा हो । छैन भने सेयर बजारमा महिला सहभागिता बढाउन आजैबाट लाग्नु पर्दछ ।

किनभने एउटा घर सम्हाल्न र घरको आर्थिक अवस्था सुधार्नका लागि त्यो घरमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । कतिपय घरमा महिलाले नै त्यो घरको सम्पूर्ण जिम्मेवारी लिएर काम गरेकी हुन्छिन् । समाजमा हुने वा सरकारमा निजी क्षेत्रमा हुने प्रत्येक काममा महिला सहभागिता अनिवार्य छ । यसैगरी मुलुकको आर्थिक कारोबारमा पनि महिला सहभागितालाई अनिवार्य गरिएको सन्दर्भमा सेयर कारोबारमा जतिसक्दो बढिसे बढी महिलाहरुलाई सहभागिता गराउनु आवश्यक देखिएको छ ।

गरीब मुलुकका महिलाहरु भएकोले र दैनिक घरको प्रत्येक व्यवहारमा उनीहरुको भूमिकाले महत्वपूर्ण निर्णय हुन्छन । निर्णय कार्यान्वयनका क्रममा आर्थिक समस्या पनि पर्न सक्छ । उनीहरुलाई आर्थिकरुपले सक्षम बनाउन सकियो भने समाज र देसको आर्थिक, सामाजिक, र सांस्कृतिक अवस्था समेत सुधार्न सकिन्छ ।

अर्को कुरा के हो भने यतिबेला नेपालमा लाखौंको संख्यामा पुरुषहरु बैदेशिक रोजगारीमा गएका छन् । उनीहरुले घरमा पठाउने रकम कतिपय महिलाहरुले मोजमस्तीमा उडाउने गरेका छन् भने कतिपयले गाउँघरमा ब्याजमा लगाएका छन् । कतिपयले भने व्यापार व्यवसायमा लगाएका छन । तर कतिपयले भने घरजग्गा पनि लगानी गरेका छन् ।

अनि कतिपयले न्युनतम ब्याजदरमा बैंकमा राखेका छन । कतिपयले लगानी गर्ने ठाउँ नभेटेर फजुल खर्चमा सकेका पनि छन् । यस्तो तवरले आर्थिक उत्पादकत्व बढ्दैन। विदेशबाट प्राप्त रेमिट्यान्सलाई सेयर कारोबारमा लगाउन उत्प्रेरणा जगाउने कार्यक्रम ल्याएर सेयर बजारमा महिला सहभागिता बढाउन धितोपत्र बोर्डले पहल गर्नुपर्दछ ।

समाज र राष्ट्र बनाउने काममा पुरुष सरह योगदान दिइरहेको महिलाहरुलाई राज्यको प्रत्येक आर्थिक गतिविधिमा संलग्न गराउनु अनिवार्य आवश्यकता  हो । महिलाहरुले संचालन गरेका आर्थिक गतिविधिका कार्यहरुले राम्रो सफलता पाउनुका साथै उनीहरुको व्यक्तिगत आर्थिक अवस्थामा समेत सुधार आएकोले सेयर बजारमा उनीहरुलाई संलग्न गराएर अन्य बेरोजगार महिलाहरुलाई प्रेरणा दिन सकिने भएकोले सेयर बजारमा महिला सहभागितालाई विशेष प्राथमिक दिनु आवश्यक देखिन्छ । नेपाली सेयर बजार साँच्चै भन्ने हो भने केही पूँजीपति बर्गको हातमा छ ।

ति पूँजीपति बर्गले नेपाली सेयर बजारलाई आफ्नो हातमा लिएर खेलाई रहेको पाइन्छ । यो अवस्थाको अन्त्य गरी सामान्य नेपाली नागरिक, एकल महिला, गरिबीको रेखामुनी रहेका जनता, असक्त, वृद्धवृद्धा, बालबालिका लगायतकालाई सेयर बजारमा कारोबार गर्न प्रोत्साहन दिनुपर्दछ । सेयर बिक्री गर्दा  लक्षित वर्गलाई पहिलो प्राथमिकता दिएर अन्त्यमा सर्वसाधारणका लागि सेयर बिक्री गर्दा उपयुक्त होला । नेपाली महिलाहरुको आर्थिक स्तर वृद्धि भएका खण्डमा उनीहरु आर्थिक श्रोतमा आत्म निर्भर हुनसक्छन् ।

जसरी समाजका विभिन्न क्षेत्रमा महिलाहरुको ३३ प्रतिशत सहभागिता अनिवार्य गरिएको छ । त्यसरी नै सेयर बजारमा पनि महिला सहभागिता ३३ प्रतिशत नै बन्न सकिन्छ, भने सतप्रतिशत नै सहभागिता गराउनुपर्दछ । किनभने नेपालमा करीब ८० प्रतिशत महिलाहरुले घरको आर्थिक कारोबार धानेका छन्। उनीहरुको घर खर्च कसरी चलेको छ ? त्यसको लेखाजोखा गर्ने हो भने पुरुषहरुको सातो जान सक्छ । घाँस बेचेर, गिटी कुटेर, बालुवा चालेर, अरुको जुठने भाँडा माझेर, गोठालो बसेर, ढिकी जातो गरेर आफ्नो परिवार पालेका छन् कतिपय महिलाहरुले  ।

हो यस्ता महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याइ अरुको सहारामा वा अरुको घरमा हात पसार्न जानु नपर्ने अवस्थामा फर्काउन कसरी सकिन्छ, भन्ने सोचका साथ महिलाहरुलाई सेयर बजारमा लगानी गर्ने वातावरण बनाउनु आवश्यक देखिएको छ । राज्यले यस्ता महिलाहरुका लागि आफैंले लगानी गर्न सक्ने भएकोले राज्यले यसतर्फ ध्यान दिनु आवश्यक छ । अर्को तर्फ बैंक तथा आर्थिक कारोबारमा संलग्न वितिय संस्थाहरुले आफ्नो क्षमता र आर्थिक अवस्थानुरुप अनुदान दिएर वा रोजगारी दिएर भएपनि निरपेक्ष गरिबीका रेखामुनि रहेका महिलाहरुका लागि सेयर बजारमा लगानी गरिदिन सक्ने अवस्था सिर्जना हुनुपर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको