Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा भूकम्प !

नेप्से

आइतबार, १२ बैशाख २०७८, १५ : २१ मा प्रकाशित

सेयर बजारमा भूकम्प !

साताको पहिलो दिन आज सेयर बजारले ओरालो यात्रा तय गरेको छ । आज सेयर बजारमा भारी गिरावट आएको हो । केहि समय अगाडी निरन्तर नयाँ रेकर्ड आइरहेको सेयर बजारमा फेरी करेक्सन देखिन थालेको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ को बिन्दुमा पुगेको हो । नेप्सेमा २.८६ प्रतिशतले घटेको हो ।

बिहिबार नेप्से परिसूचक १५.८० अंकले बढेर २६४८ को बिन्दुमा पुगेको थियो ।  आज नेप्से घटेर बिन्दुमा  २५७२.२२ को आइपुगेको हो । यसअघि  वैशाख २ गते नेप्से २७३५.४६ विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।

यस्तै, सेन्सेटिभ परिसूचक पनि १२.५६ अंकले घटेर ४६४.०५ को बिन्दुमा पुगेको छ ।  आज कुल २१५ कम्पनीको एक करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर कारोबार हुँदा ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबारको तुलनामा कारोबार रकम भने बढेको छ । बिहिबार ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कुल १३ उपसमूहमध्ये १३ वटै उपसमूह राताम्मे बनेको छ । आज सर्वाधिक नाफा कमाउने कम्पनीमा ८ वटा कम्पनी मात्र रहेका छन् । आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । बैंकले ३९ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

त्यसैगरी, सर्वाधिक घाटा व्यहोर्ने कम्पनीमा चन्द्रागिरी हिल्स लिमिटेड रहेको छ ।

608539679551d.JPG 6085396a9c213.JPG 6085396e60a85.JPG 6085397751143.JPG 608539775bb70.JPG 608539777020a.JPG 608539778092d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको